थ्रिस्टार फाइनलमा - Naya Patrika
eNaya Patrika
  • ePaper

थ्रिस्टार फाइनलमा

थ्रीस्टार क्लव उदयपुरमा जारी पाँचौ उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । थरुहट रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा कटारी गोल्ड कप विजेता झापा ११ लाई ० बिरुद्ध १ गोल गर्दै थ्रिस्टार फाईनमा प्रवेश गरेको हो ।

सुरुवातीदेखि नै थ्रिस्टारलाई दवावमा पारेको झापाले निकै अवसर पाएपनि गोल गर्न सकेन् । खेलको ६२ औँ मिनेटमा थ्रिस्टारका विदेशी खेलाडी अजय मार्टिनले प्रहार गरेको सुट विपक्षी गोलरक्षक किशोर गिरीले रोक्न नसक्दा झापा ११ वाहिरिनु परेको हो । दुबै समुहले गोल गर्ने प्रशस्त अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । घरेलु दर्शकको व्यापक साथ पाएको झापा खेलअवधिभर निकै आक्रमक देखियो ।

खेलको म्यान अफ दि म्याच थ्रिस्टारका डिफेण्डर पिटर सेगुन घोषित भए । उनले नगद सात हजार रुपयाँ प्राप्त गरे । थ्रिस्टारले अव सुनसरी ११ र मनाङ मर्स्याङदी क्लबको विजेता सँग शनिवार उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको दोस्रो सेमिफाईनल खेल बिहीबार मनाङ मस्र्याङ्दी क्लव र सुनसरी ११ विच हुने आयोजक समितका अध्यक्ष किरण राईले बताए ।

तपाईको प्रतिक्रिया