नेपाल–भियतनाम चेम्बरले मनायो दौत्य सम्बन्ध स्थापना दिवस - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

नेपाल–भियतनाम चेम्बरले मनायो दौत्य सम्बन्ध स्थापना दिवस

नेपाल–भियतनाम चेम्बर अफ कमर्सले ‘द्विपक्षी व्यापार तथा पर्यटन अवसर’ विषयक कार्यक्रमको आयोजना गरेको छ । नेपाल तथा समाजवादी गणतन्त्र भियतनामबीच दौत्य सम्बन्ध स्थापना भएको ४३ वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले आर्थिक कूटनीतिका माध्यमबाट नेपाल सरकारले विभिन्न मुलुकसँग व्यापार, वाणिज्य, पर्यटन, प्रविधि हस्तान्तरण आदि क्षेत्रको विस्तारका लागि कार्य गर्दै आएको कुरा बताए ।

नेपालका लागि भियतनामका अवैनतिक वाणिज्यदूत डा. राजेशकाजी श्रेष्ठले दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना, लगानी विस्तार तथा पर्यटन विस्तारमा कन्सुलेटले पहल गर्दै आइरहेको जानकारी दिए । प्रतिनिधिमण्डलको आदान–प्रदान, नेपाली व्यवसायीलाई मेलाहरूमा सहभागिता गराई आर्थिक, व्यापारिक सम्बन्ध विस्तार गर्दै आएको उनको भनाइ थियो ।

कार्यक्रममा भियतनाम चेम्बरका अध्यक्ष दीपक मल्होत्राले दुई देशबीचको आर्थिक, व्यापारिक तथा पर्यटन वृद्धिका लागि विविध कार्यक्रमको आयोजना गर्दै आइरहेको बताए । भियतनामले छोटो अवधिमा उत्पादन तथा उद्योगमा धेरै विकास गरेको र नेपालले पनि आर्थिक वृद्धिका लागि उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया