ओली-प्रचण्डबीचको वार्ता सकियो, के भयो निर्णय ? - Naya Patrika
eNaya Patrika
  • ePaper

ओली-प्रचण्डबीचको वार्ता सकियो, के भयो निर्णय ?

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकता बारे छलफल गर्न बसेको बैठक सकिएको छ । पार्टी एकता संयोजन समितिको बैठक बिहीबार बिहान १० बजे बोलाउने निर्णय सहित ओली प्रचण्डको बैठक सकिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक आवश्यक निर्णय गर्ने गरी सकिएको माओवादी नेता जनार्दन शर्मा प्रभाकरले जानकारी दिएका छन्।आजको बैठकमा ओली-प्रचण्डले विश्वासिला नेता पनि राखेर छलफल गरेका थिए । बैठकमा एमालेबाट बिष्णु पौडेल र माओवादीबाट जनार्दन शर्मा सहभागी थिए । १०: ३० बाट सुरु भएको छलफल १२ बजे सकिएको थियो ।

तस्बिर: ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु