कञ्चनपुरबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

कञ्चनपुरबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले HR 12AF 0006 नम्बरको भारतीय जिपबाट आधा किलो सुन सहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख मदन दाहालले विषेश सूचनाका आधारमा भारतीय युवकलाई भन्सारकै ब्यारेलमा पक्राउ गरिएको बताए । उनका अनुसार लेबल नलागेको आधा किलो सुन सहित भारतको हरियाणाका जितेन्द्र शैनिक र सुरेश कुमारलाई पक्राउ गरिएको छ । ‘आधा किलो सुन झोला भित्र राखेका थियो, ‘उनले भने, ‘यो सुन तस्करीकै हो ।’

पक्राउ गरिएको सुनको बजार मुल्य २५ लाख रहेको प्रमुख भन्सार अधिकृत दाहालले बताए । सुन आफ्नो भएको बताउँदै जितेन्द्र शैनिकले नै जीप चलाईरहेका थिए । सुरेश कुमार जीप भित्रै बसेका थिए । भन्सारले जिपको थप चेकचाँच गर्न मेकानिक बोलाएर पार्टपुर्जा खोलिरहेको छ ।

तपाईको प्रतिक्रिया