चार अंक घट्यो नेप्से, कारोबारमा भारी गिरावट - Naya Patrika
eNaya Patrika
  • ePaper

चार अंक घट्यो नेप्से, कारोबारमा भारी गिरावट

निरन्तर ओरालो लागेको नेप्से मंगलबार पनि घटेको पनि घटेको छ । ४ दशमलव ३२ अंक घटेर नेप्से परिसुचक ११४३ दशमलव ६४ पुगेकाे छ । सोमबारको तुलनामा कारोबार रकममा भने भारी गिरावट आएको छ ।
कुल १ सय ४३ कम्पनीका ३ लाख १९ हजार २ सय ६० कित्ता शेयर एक हजार ९ सय ५९ पटक खरदिबिक्रि हुँदा १४ करोडको कारोबार भएको हो । सोमबार साढे ४२ करोडको कारोबार भएको थियो ।


मंगलबार व्यापार र उत्पादन मुलक समूह भने बढेको छ । अन्य सबै समुह घटेका छन् । बैंक समुहमा ४ बिन्दु २८, होटलमा ३२ बिन्दु ९५, विकास बैंकमा १० बिन्दु ९६, हाइड्रोपावरमा १३ बिन्दु १४ र फाइनान्समा १ बिन्दु ३३ अंक घटेको छ । त्यसै गरी इन्स्योरेन्स १२ बिन्दु ७६, अन्य शुन्य बिन्दु ५३ र माइक्रोफाइनान्समा ५ बिन्दु ६५ घटेको छ ।
मंगलबार सबै कम्पनीको कारोबार एक करोडभन्दा कम छ । सबै भन्दा बढी बढी मिर्मिरे माइक्रोफाइनान्स विकास बैंकले ८६ लाखको कारोबार गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी र गण्डकी विकास बैंकले ५० लाख माथीको कारोबार गरेका छन् । अन्य कम्पनीको ५० लाख भन्दा कम कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया