मकवानपुरका सञ्चारकर्मीलार्इ दुवर्इमा सम्मान, ८ असारमा 'हेटाैंडा जर्नालिज्म अवार्ड' - Naya Patrika
eNaya Patrika
  • ePaper

मकवानपुरका सञ्चारकर्मीलार्इ दुवर्इमा सम्मान, ८ असारमा ‘हेटाैंडा जर्नालिज्म अवार्ड’

मकवानपुरमा क्रियाशील सञ्चारकर्मीहरूलार्इ प्रदान गरिने ‘हेटौंडा जर्नालिज्म अवार्ड’ यस वर्ष दुवईमा अायाेजना हुने भएको छ ।

न्यू मिडिया एकेडेमीले संचालन गरेकाे सिधाखबर डटकमले हेटौँडामा पत्रकार सम्मेलन गरी ‘हेटौंडा जर्नालिज्म अवार्ड’ दुवईमा अायाेजना हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा कार्यक्रम निर्देशक मणिराज गौतमले आउँदो ८ असार (२२ जुन) मा दुवर्इमा अायाेजना हुने विशेष समाराेहबीच विभिन्न ९ वटा विधा अवार्ड वितरण गरिने जानकारी दिए । त्यसक्रममा दुर्इजना पत्रकार र दुईजना व्यवसायिक क्षेत्रका व्यक्तित्वलाई विशेष सम्मानसमेत गरिने गाैतमले बताए ।

समाराेहमा मकवानपुरमा क्रियाशील सञ्चारकर्मीहरूमध्येबाट उत्कृष्ट पत्रकार वर्ष अवार्ड, खोजी पत्रकारिता वर्ष अवार्ड, सामाजिक पत्रकारिता वर्ष अवार्ड, चलचित्र पत्रकारिता वर्ष अवार्ड, कार्यक्रम प्रस्तोता वर्ष अवार्ड, सम्पादक वर्ष अवार्ड, चुनौतिपूर्ण पत्रकारिता वर्ष अवार्ड, सञ्चार उद्यमी वर्ष अवार्ड र बजार व्यवस्थापक वर्ष अवार्ड प्रदान गरिने जानकारी पत्रकार सम्मेलनमा दिइयाे ।

२०७४ सालभित्रको कामका आधारमा उत्कृष्ट सञ्चारकर्मीलार्इ वितरण गरिने साे अवार्डकाे चयन ३ सदस्यीय निर्णायक मण्डल (जुरी) ले गर्नेछ ।

मकवानपुरमा क्रियाशील सञ्चारकर्मीहरूलार्इ उत्प्रेरणा जगाउन तथा मकवानपुरकाे पत्रकारितालार्इ माथि उठाउन प्राेत्साहनस्वरूप अवार्ड समाराेह आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सुशान्त श्रेष्ठले जानकारी दिए ।

अवार्ड वितरण समाराेहका लागि ३ नम्बर प्रदेश युएईकोतर्फबाट स्थानीय आयोजकका रूपमा समिम खान, भीम अधिकारी र मनोज गोर्खालीले समन्वय तथा नेपाल पत्रकार महासंघ युएई र एनआरएन युएई शाखाले सहयोग गर्ने भएका छन् ।

पत्रकार सम्मेलनमा आयोजक समितिका सल्लाहकार आनन्दराम पराजुली, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागार्इं, पूर्वअध्यक्ष राममणि दाहाल, पूर्वउपाध्यक्ष गिरिजा अधिकारीलगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया