भाजापाले भन्यो ‘कीर्ति आजादको भनाइ निन्दनीय, हामी नेपालको साथमा छौं’ - Naya Patrika
eNaya Patrika
  • ePaper

भाजापाले भन्यो ‘कीर्ति आजादको भनाइ निन्दनीय, हामी नेपालको साथमा छौं’

भारतीय जनता पार्टीका महासचिव एवं बिदेश विभाग इन्चार्ज विजय चौथाइवालेले लोकसभाका सांसद कीर्ति आजादले नेपालको बारेमा दिएको अभिक्यतिको निन्दा गरेका छन् ।

 

आजाद लामो समयदेखि पार्टीबाट निलम्बित रहेको भन्दै चौथाइवालेले भारतले नेपालको भौगोलिक अखण्डताप्रति सम्मान गर्ने पनि स्पस्ट पारेका छन् ।

 उनले आज ट्विट गर्दै भारत नेपालको भौगोलिक अखण्डताको पक्षमा उभिएको र आजादको अभिव्यक्ति दुराग्रहयुक्त रहेको उल्लेख गरेका छन् ।

आजादले नेपालको मिथिला क्षेत्र भारतले लिनु पर्ने भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला ट्विट गरेका थिए । उनको नेपालमा सर्बत्र निन्दा भएपछि भारतीय जनता पार्टीले स्पस्ट पारेको हो ।

 आजादकाे ट्वीट

तपाईको प्रतिक्रिया