श्रद्धाञ्जलीका लागि शाहकाे पार्थीव शरीर रंगशालामा (फोटोफिचर) - Naya Patrika
eNaya Patrika
  • ePaper

श्रद्धाञ्जलीका लागि शाहकाे पार्थीव शरीर रंगशालामा (फोटोफिचर)

नेपाली फुटबलमा म्याराडोना भनी उपनाम पाएका पूर्वराष्ट्रिय टोलीका कप्तान मणिविक्रम शाहको सोमबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । ५१ वर्षीय शाहलाई अकस्मात ज्वरो आएपछि आइतबार राति नै थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो । अस्पताल पुग्दा नै शाहको स्वास्थ्य अवस्था गम्भीर भइसकेको जनाउँदै अस्पतालले आइसियूमा राखी उपचार गरेको थियो । शाह लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट ग्रस्त थिए ।

उनको पार्थीव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा राखिएको छ । अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री एवं कांग्रस सभापति शेरबहादुर देउवा, खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), प्रदेश ३ का प्रमख अनुराधा कोइराला, कांग्रेस नेता प्रकाशमान सिंह, गगन थापा, पूर्वएन्फा अध्यक्ष गणेश थापा, नेपाली फुटवलका राष्ट्रिय खेलाडीहरु, विभिन्न क्लवका पदाधिकारी लगाएत सर्वसाधारण यतिबेला रंगशालामा उपस्थित भइएका छन् ।

उनको पार्थीव शरीरलाई १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि रंगशाला राखिने छ । १२ बजेपछि शवयात्रा शुरु हुने छ । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

तस्बिर: ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया