रैराङको आइपिओ निष्कासन खुला - Naya Patrika
eNaya Patrika
  • ePaper

रैराङको आइपिओ निष्कासन खुला

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ३१ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।

निष्कासन बन्द छिटोमा जेठ ३ गते र ढिलोमा जेठ २९ गते हुनेछ । कम्पनीले निष्कासन गरेका कुल ८ लाख ४० हजार कित्ता सेयरमध्ये ३३ हजार ६ सय कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ ।

त्यसैगरी, ४२ हजार कित्ता साधारण सेयरहरू सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिएको छ । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार २ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया