इन्फिनिटी वारले कमायो १८ हजार करोड - Naya Patrika
eNaya Patrika
  • ePaper

इन्फिनिटी वारले कमायो १८ हजार करोड

हाल प्रदर्शनरत हलिउड फिल्म एभेन्जर्स दी इन्फिनिटी वारले संसारभर तहल्का मच्चाइरहेको छ । फिल्मले वर्ल्डवाइड बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ । ‘इन्फिनिटी वार’ वर्ल्डवाइड अलटाइम हाइएस्ट कमाइ गर्ने फिल्महरूको पाँचाैँ नम्बरमा रहेको छ ।

यस फिल्मले चीनमा मात्रै दुई सय मिलियन डलरको ओपनिङ लिएको थियो । फिल्मले अहिलेसम्म संसारभरबाट एक दशमलव ६० मिलियन डलर अर्थात् १८ हजार करोड रुपैयाँ कमाइ गरिसकेको छ । यसभन्दा पहिले ‘द एभेन्जर्स’ले एक दशमलव ५१८ बिलियन डलर कमाइ गरेको थियो ।

१९ सुपर हिरो भएको ‘इन्फिनिटी वार’मा रोबर्ट डाउनी जुनियर, क्रिस हेम्सवर्थ, माकर्म रुफालो, बेनेडिक्ट कम्बरब्याच, सब्सस्टियन स्टन, क्रिस इभान्स, स्कारलेट जोहेन्सन तथा च्याडभिक बोसम्यानजस्ता सुपरस्टार रहेका छन् । फिल्म करिब ३ सय मिलियन डलरमा निर्माण भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु