फेसन ट्रेन्डमा लङ आउटर - Naya Patrika
eNaya Patrika
  • ePaper

फेसन ट्रेन्डमा लङ आउटर

गर्मी मौसम सुरु भएसँगै लङ आउटर प्रयोगकर्ताको संख्या पनि बढ्दो छ । लङ आउटर महिलाले प्रयोग गर्ने ड्रेस हो । यसले फेसनेबल देखाउनुका साथै छालालाई घामबाट बचाउन पनि महत्वपूर्ण भूमिका खेल्छ । यस्तो आउटर शारीरिक बनावटअनुसार छनोट गरेमा आकर्षक देखिन अझ बढी मद्दत पुग्छ ।

लङ आउटरको सहायताले मानिसलाई फरकपनाको महसुस हुन्छ । युवापुस्ताले स्वाभाविक रूपमा आफूलाई फरक देखाउन भिन्नभिन्न खालका ड्रेसअप गर्छन् । त्यसैले पनि लङ आउटर फेसनमा छ । विशेषगरी, युवतीहरूले यस्तो आउटर प्रयोग गर्न रुचाउँछन् ।

पछिल्लो समय ओभरसाइजका ड्रेस पनि फेसन ट्रेन्डमा छन् । यो आउटरमा अझ बढी लागू हुन्छ । खासमा साना साइजका आउटर पनि बजारमा उपलब्ध छन् । तर, अधिकांश युवतीले शरीरभन्दा बढी साइजको आउटर लगाउन मन पराउँछन् ।

पहिले १५ सोल्डर साइजका आउटर प्रचलनमा थियो । तर, पछिल्लो समय २५ सम्मको सोल्डर साइजका आउटर खोज्न थालिएको छ । यस्ता आउटर प्रयोग गर्न सजिलो हुनुका साथै आकर्षक देखाउन पनि सघाउ पु-याउँछ । यस्तो आउटरमा युवतीले आफूलाई कम्फर्टेबल फिल गर्छन् ।
१५ देखि ६० वर्ष उमेरसमूहका महिलाले आउटर पहिरिन्छन् । फेसनेबल देखिन चाहने सबै आउटरको प्रयोग गर्न रुचाउँछन् ।

सारी, कुर्ता, पाइन्टलगायतका ड्रेसमा लङ आउटर प्रयोग गर्न सकिन्छ । रेड, डार्क र ब्राउन कलरको लङ आउटरले मानिसलाई आकर्षक देखाउँछ । कालो, निलो, रातो, कफीलगायतका कलर पनि प्रचलनमा छन् । सबै प्रकारका ड्रेस म्याच गर्ने भएकाले पनि आउटर अत्यधिक रुचाइएको छ ।

तपाईको प्रतिक्रिया