८ क्लब क्वार्टरफाइनलमा - Naya Patrika
eNaya Patrika
  • ePaper

८ क्लब क्वार्टरफाइनलमा

प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ आइतबार त्रिभुवन आर्मी क्लब, प्रदेश १, एपिएफ र नेपाल पुलिस क्लब समूह विजेताका रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ६ उपविजेता हुँदै अन्तिम आठमा पुगेका छन् ।

प्रदेश ३ र ७ बाहिरिए
प्रतियोगिताको समूह चरणबाटै प्रदेश ३ र प्रदेश ७ बाहिरिएका छन् । समूह कमा प्रदेश ३ लाई ३–१ को सेटमा हराउँदै प्रदेश ५ अन्तिम आठमा पुग्यो । अर्को खेलमा प्रदेश ४ ले प्रदेश ७ लाई ३–० को सहज सेटमा हरायो । समूह गमा प्रदेश ५ लाई ३–० को सहज सेटमा निराश पार्दैै त्रिभुवन आर्मी समूह विजेता बन्यो । यसैगरी, समूह घमा नेपाल प्रहरीले प्रदेश ४ लाई ३–० को सोझो
सेटमा हरायो ।

महिलातर्फ प्रदेश ४ र ७ समूहमै सीमित
महिलातर्फको प्रतिस्पर्धामा प्रदेश ४ र प्रदेश ७ बाहिरिएका छन् । समूह कमा आर्मीले प्रदेश ४ लाई ३–१ ले पाखा लगाउँदै उपविजेता स्थान पक्का ग-यो । प्रदेश ३ ले प्रदेश ७ लाई ३–० को सोझो सेटमा पाखा लगायो । एपिएपफले आर्मीलाई २५–१३, २५–१८ र २५–११ ले हरायो । पुलिसले प्रदेश ३ लाई २५–७, २५–१०, २५–८ को फराकिलो सेटमा हरायो ।

तपाईको प्रतिक्रिया