देशको माटो विमोचित - Naya Patrika
eNaya Patrika
  • ePaper

देशको माटो विमोचित

‘देशको माटो’ कविता संग्रह सार्वजनिक भएको छ । कवि हेमनाथ घिमिरेद्वारा लिखित कविता संग्रह शनिबार सार्वजनिक गरिएको हो । सिसार साहित्य समाजले आयोजना गरेको कार्यक्रममा विमोचित संग्रहमा ४५ वटा कविता समेटिएका छन् ।

अतिथि पूर्वसचिव कृष्ण ज्ञवालीले कवितामा एउटै शब्दले महत्वपूर्ण भाव बुझाउने बताए । त्यसैले कविताको महत्व साहित्यका अरू विधाभन्दा बढी भएको उनको विचार थियो ।

कार्यक्रममा नेपाली भाषा बचाऊ अभियानका चूडामणि गौतमले भाषा पढाउने प्राध्यापकले आयोजना गरेका कार्यक्रमकै ब्यानर र दस्ताबेजमा त्रुटि हुनुलाई स्वाभाविक मान्न नहुने बताए ।

कार्यक्रममा उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीको कृति ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’ र ‘शिव एक रूप अनेक’को चर्चासमेत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै समालोचक रामप्रसाद ज्ञवालीले पूर्वीय दर्शनको विश्लेषण खोजपरक ढंगले गर्न अनुरोध गरे ।

तपाईको प्रतिक्रिया