युएईमा मनाइयो बुद्ध जयन्ती - Naya Patrika
eNaya Patrika
  • ePaper

युएईमा मनाइयो बुद्ध जयन्ती

युएईमा भगवान गौतम बुद्धको २५६२ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइएको छ । बुद्धको जन्मस्थल नेपाल भएको सन्देश दिने उद्देश्यका साथ जन्मजयन्तीको केहि ढिला गरी विभिन्न कार्यक्रमका साथ बुद्धजयन्ती मनाइएको हो ।

दुबईस्थित अलकुजमा रहेको डल्सको हलमा शुक्रबार विभिन्न ४५ नेपाली संघसंस्थाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका छन् ।

कार्यक्रममा पूर्व भुमिसुधार राज्यमन्त्री यशोधाकुमारी तामाङ, नायिका जानवी बोहोरा, आशा फाउण्डेसनकी सञ्चालिका आशा लामा लगायत उपस्थित थिए ।

संयुक्त बुद्ध जयन्ती कार्यक्रमका संयोजक डेर राज तमुको स्वागत मन्तव्य रहेको कार्यक्रममा लामाहरुले १०८ दिप प्रज्वलन गरि पूजापाठ गरेका थिए । साँस्कृतिक कार्यक्रम अन्तर्गत सत्यकृत व्याण्डले विभिन्न गीत प्रस्तुत गरेको थियो ।

त्यस्तै, अन्तर्राष्ट्रिय कलाकार समाज युएई (इनास)को अबुधावी क्षेत्रीय समितिले पनि अबुधावीमा बुद्ध जयन्तीको अवसरमा कार्यक्रम आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया