दीपिकाको गर्दनमा पूर्वप्रेमीको ट्याटु - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

दीपिकाको गर्दनमा पूर्वप्रेमीको ट्याटु

दीपिका पादुकोण आफ्नो फिटनेसलाई लिएर निकै सचेत देखिन्छिन् । सुटिङको व्यस्त सेड्युलका बाबजुद उनी अभ्यास गर्न भुल्दिनन् । तर, कहिलेकाहीँ यस्तो कुराले समस्यामा पार्छ ।

दीपिकाको व्यायाम गर्दै गरेको फोटो अहिले भाइरल बनेको छ । तर, चर्चा उनको फिट शरीरभन्दा पनि त्यसमा खोपिएको पूर्वप्रेमीको ट्याटुलाई लिएर छ ।

दीपिकाको ट्याटुमा ‘आरके’ लेखिएको छ । स्रोतका अनुसार उनले यो ट्याटु रणवीर कपुरसँग प्रेम सम्बन्धमा रहँदा बनाएकी थिइन् ।

रणवीरसँग उनको सम्बन्ध विच्छेद भएको ३ वर्षभन्दा बढी समय भइसकेको छ । केही समयपहिले दीपिकाले सर्जरी गरेर ट्याटु हटाएको समाचार पनि आएको थियो ।

तर, यो सबै हल्ला थियो । दीपिका अहिले रणवीर सिंहसँगको गहिरो प्रेममा छिन् । उनीहरूले यसै वर्ष बिहे गर्ने योजना बनाएका छन्  । अनि, त्यसो भए उनले ट्याटु किन हटाएकी छैनन् ? यस विषयमा केही खुलेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु