निर्धनको नाफा ३९ करोड ९१ लाख - Naya Patrika
eNaya Patrika
  • ePaper

निर्धनको नाफा ३९ करोड ९१ लाख

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा निर्धन बैंक लिमिटेडले रू. ३९ करोड ९१ लाख ५१ हजार खुद मुनाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिभन्दा १० दशमलव ७४ प्रतिशत कम हो । कम्पनीको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो ।

 

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी रू. १ अर्ब रहेको छ भने जगेडा कोष रू. १ अर्ब ८ करोड २३ लाख रहेको छ ।

कम्पनीको खुद ब्याज आम्दानी ४१ दशमलव शून्य ८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २२ दशमलव ८१ प्रतिशत बढेको छ ।

त्यसैगरी, कम्पनीले सो अवधिमा रू. ७ अर्ब ८८ करोड ८१ लाख निक्षेप संकलन गरी रू. १४ अर्ब ७८ करोड ३० लाख कर्जा प्रवाह गरेको छ । कम्पनीको सिडी रेसियो १८७ प्रतिशत रहेको छ । बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ८३ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया