‘डिमान्डेड गायक’ कृष्ण युराेपतिरै व्यस्त - Naya Patrika
eNaya Patrika
  • ePaper

‘डिमान्डेड गायक’ कृष्ण युराेपतिरै व्यस्त

चलचित्रका गीतमार्फत् एकाएक हिट बनेका गायक कृष्ण काफ्लेको व्यस्तता अहिले निकै बढेको छ । १५ दिनयता उनी युरोप टुरमा व्यस्त छन् ।

स्पेन, स्वीडेन जस्ता युरोपियन मुलुकका स्टेज तताइरहेका कृष्णले त्यहाँ रहेका नेपालीहरुलाई मनोरन्जन मात्र दिएका छैनन्, छम्छमी नचाउँदैछन् पनि । पछिल्लो समय हिट बनेका चलचित्रका गीतहरु अधिकांश कृष्णकै आवाजका छन् । तीनै सुपरहिट गीतहरु उनी युरोपमा सुनाउँदैछन् ।

चलचित्र मंगलमको ‘पर्ख पर्ख मायालु’, छक्का पञ्जाको ‘देख न चम्पा’, किस्मत–२ को ‘तिम्रो पिक्चर हिट’, वृन्दावनको ‘तिमी ताला म हँु चाबी’ लगायत चर्चित गीतमा आवाज दिएका कृष्णलाई देश–विदेशका कार्यक्रमहरुमा प्रस्तुति दिन भ्याइ–नभ्याइ छ ।

गायक कृष्णले ‘सुन न चम्पा’ गीतबाट वर्षकै सर्वोत्कृष्ट चलचित्र गायनको विधामा थुप्रै अवार्ड समेत जितेका छन् । हाल उनी विभिन्न स्थानमा आयोजना हुने महोत्सब एवम् कार्यक्रमहरुमा दौडिइरहेका छन् । युवा गायक कृष्ण वर्तमान समयका ‘डिमान्डेड गायक’मा पर्छन् ।

एक दशकअघिदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय उनले आधुनिक, पप, गजल, लोकपप, फिल्मी तथा देशभक्तिलगायतका सयौँ गीतमा आफ्नो आवाज दिइसकेका छन् । उनी संगीतलाई नै आफ्नो कर्म ठान्दछन् ।

गायक कृष्ण गायक कृष्ण संगीतकारसमेत हुन् । ०६४ सालमा नवलपरासी आइडलको उपाधि जितेका उनले ‘आँशुमा डुबाउँदिन भन्थ्यौ आँशुमै जीउने बनायौं, तिम्रो यादमा तड्पेर जिउँदै मर्ने बनायाैं’ बोलको पहिलो गीत रेकर्डसँगै गायन क्षेत्रमा औपचारिक यात्रा सुरु गरेका थिए ।

तपाईको प्रतिक्रिया