धरानमा मनमोहन स्मृति दिवस मनाइयो - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

धरानमा मनमोहन स्मृति दिवस मनाइयो

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व महासचिव स्व. मनमोहन अधिकारीको १९औँ स्मृति दिवस धरानमा पनि मनाइएको छ । बिहीबार नेकपा एमाले १५ नं. वडा कमिटी धरानको आयोजनामा एक कार्यक्रम गरि धरान–१५ स्थित श्याम चौकमा रहेको स्व. अधिकारीको शालिकमा माल्यार्पण गरेर स्मृति दिवस मनाइएको हो ।

सो अवसरमा एमालेका बैकल्पिक केन्द्रीय सदस्य धर्मराज निरौलाले अधिकारीको जीवन स्मरण गर्दै स्व. नेता मनमोहनले लिएको विकासको नीति अहिले देश विकासको एजेण्डा बनेको छ र त्यसै अनुरुप जनताले एमालेलाई देश विकासको म्याण्डेड स्वरुप जनमत दिएको स्मरण गराए ।

कार्यक्रममा प्रदेश सांसद साबित्रा जोशी, नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष रमेश बस्नेत, १ नं. क्षेत्रीय इन्चार्ज प्रकाश राई, धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा, उपमेयर मञ्जु भण्डारी लगायत एमालेका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया