राष्ट्रपति भण्डारीले गरिन् हनुमान ढोका दरबार क्षेत्रको अवलोकन - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

राष्ट्रपति भण्डारीले गरिन् हनुमान ढोका दरबार क्षेत्रको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमान ढोका दरबार क्षेत्र वरपर भइरहेका ऐतिहासिक सम्पदाको पुनःनिर्माणसम्बन्धी गतिविधिको गरेकी छन् ।

गोरखाको बारपाक केन्द्रबिन्दु भई विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट काष्ठमण्डप, हनुमान ढोका दरबारसहित त्यस क्षेत्रका ऐतिहासिक सम्पदामा ठूलो क्षति पुगेको थियो ।

राष्ट्रपति भण्डारीले बसन्तपुर गद्दी बैठक, काष्ठमण्डप, हनुमान ढोका दरबार परिसरका सम्पदाको पुनःनिर्माणसम्बन्धी गतिविधिको जानकारी लिइन् ।

अवलोकनपछि राष्ट्रपति भण्डारीले नेपाली संस्कृति र परम्पराअनुसारका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा आफ्नो मौलिकतालाई कायमै राखेर अघि बढ्न निर्देशन दिइन् ।

पुनःनिर्माणको काम ढिलै भए पनि अघि बढेकाले अब यसलाई निरन्तरता दिन राष्ट्रपतिबाट निर्देशन भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

भूकम्पबाट क्षति भएकामध्ये नौ तल्ले दरबार चीन र गद्दी बैठक अमेरिकाको सहयोगमा निर्माण हुँदैछ भने स्वदेशी लगानीमा काष्ठमण्डप बनाइने छ ।

तपाईको प्रतिक्रिया