टिपरको ठक्करबाट दम्पतीको मृत्यु - Naya Patrika
eNaya Patrika
  • ePaper

टिपरको ठक्करबाट दम्पतीको मृत्यु

सवारी दुर्घटनामा परेर झापामा मंगलबार एक दम्पतीको ज्यान गएको छ । टिपरको ठक्करबाट स्कुटर चालक धनकुटा देबे्रबास-४ का ४२ वर्षीय राजेश श्रेष्ठ र उनकी श्रीमती ३३ वर्षीया पुष्पा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।


उनीहरु सवार स्कुटरलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका-१ दुर्गापुरमा दिँउसो करिब ५ बजे ट्रिपरले ठक्कर दिएको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १६ प ४२०८ नम्बरको स्कुटरलाई पछाडीबाट जाँदै गरेको ना ७ ख ८०१८ नम्बरको ट्रिपरले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।
सोही स्कुटरमा सवार श्रेष्ठ दम्पत्तिका १३ वर्षीय छोरा रोशन श्रेष्ठ सामान्य घाइते भएका छन् । उनको बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा उपचार भइरहेको छ ।
स्कुटरलाई ठक्कर दिने ट्रिपर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया