आवुधावीको अन्तराष्ट्रिय पुस्तक मेलामा नेपाल सहभागी हुँदै - Naya Patrika
eNaya Patrika
  • ePaper

आवुधावीको अन्तराष्ट्रिय पुस्तक मेलामा नेपाल सहभागी हुँदै

संयुक्त अरब इमिरेट्स(युएई)को आवुधावीमा हुने २८औं अवुुधावी अन्र्तराष्ट्रिय पुस्तक मेलामा नेपालको राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघको सहभागिता हुने भएको छ ।
नेपाली राजदुतावास युएईका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार मेलामा सहभागी हुनको लागि नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघको तर्फबाट अजित बराल युएई आउने छन् । पुस्तक मेला अप्रिल २५ देखी मे १ सम्म आवुधावीको राष्ट्रिय प्रदर्शनी केन्द्रमा चल्नेछ ।


उक्त पर्दशनी(स्टल)मा रहने नेपाली पुस्तक, नेपालको पर्यटन सम्बन्धि पोस्टर, नेपालका पर्यटकीय गन्तव्यहरुको फोटोहरु रहने हुँदा यसले नेपालको पयर्टन पवद्र्धनमा टेवा पुग्ने बताए । नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघको स्टल नं. ११ इ २० मा रहने छ । प्रदर्शनी युएईको समय अनुसार विहान ९ बजे देखी बेलुका १० बजे सम्म खुल्ला रहने बताइएको छ ।
यसलाई प्रभावकारी बनाउन उक्त पदर्शनीमा सहभागी भएर नेपाली पुस्तक र पर्यटनको प्रचारप्रसार गर्न युएईमा क्रियाशिल नेपाली संघसंस्था, व्यवसायी, व्यक्तिहरुलाई दुतावासले अनुरोध गरेको उनले बताए । प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको पनि अर्यालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु