१० औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू - Naya Patrika
eNaya Patrika
  • ePaper

१० औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू

महोत्तरीमा १० औं जिल्ला स्तरीय राष्ट्रपति रनिंङ्ग शिल्ड प्रतियोगिताको सुरु भएको छ । जिल्ला स्तरीय सो प्रतियोगिताको प्रदेश २ का सभामुख सरोज कुमार यादवले उद्घाटन गरेका थिए ।

महोत्तरीका चार क्षेत्रमा क्षेत्र स्तरीय प्रतियोगिता सम्पन्न भई जिल्ला स्तरीय प्रतियोगिता सोमबारदेखि सुरु भएको हो । जिल्लाका सबै क्षेत्रबाट २० भन्दा बढी विद्यालय सहभागी भएको सो प्रतियोगितामा भलिवल, कव्वडी, एथलेटिक्स, कराँते, तेक्वान्डोलगायतका खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिताको उदघाटन गर्दै सभामुख यादवले विगतमा खेलाडीलाई आर्थिक रुपले समस्या हुने गरेपनि विस्तारै त्यो समस्या हटदै गईरहेको बताए । उनले खेलकुदले शारिरीक तथा मानसिक विकास गर्ने भएकोले युवा पुस्तालाई खेलकुदमा रुचि जगाउन स्थानीय सरकार र प्रदेश सरकार तथा सरोकारवाला सबै मिलेर लाग्नु पर्ने बताए ।

उदघाटन् पश्चात कव्वड्डी र एथलेटिक्सको एक चरण खेल समेत भएको थियो । जिल्ला खेलकुद विकास समिति महोत्तरीका अध्यक्ष माधव प्रसाद यावदका अनुसार, प्रतियोगिता वैशाख १३ सम्म चल्ने छ । तीन सय बढी विद्यार्थी सहभागी रहेको उक्त प्रतियोगितामा विजेता हुने टिम तथा खेलाडीहरु प्रदेश स्तरीय खेलमा सहभागी हुने छन ।

तपाईको प्रतिक्रिया