‘भूकम्प पीडितलार्इ विश्वास गरौँ, एकमुष्ट रकम दिउँ’ - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

‘भूकम्प पीडितलार्इ विश्वास गरौँ, एकमुष्ट रकम दिउँ’

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले भुकम्पपीडितलाई दिने अनुदानमा राखिएको शर्तका कारण अझै थुप्रै पीडितले रकम प्राप्त गर्न नसकेको बताएका छन् ।

किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’ को विमोचन कार्यक्रममा भट्टराईले निःशर्त दिनुपर्ने अनुदानका अनेक शर्तले गर्दा कतिपय भुकम्पपीडितले अहिलेसम्म रकम प्राप्त गर्न नसकेको बताए ।

‘राज्यले जनतालाई दिने अनुदान भनेको हो, अनुदान भनेको दान हो, दान भनेको निःशर्त दिने चिज हो’, उनले भने,‘शर्त राखेर दान दिइँदैन । हामीले तीन लाख रुपैंयापनि यस्तो शर्त राखेर दियौं कि जनताले अहिलेसम्म पाउन सकिरहेका छैनन् ।’

उनले अनुदान रकम एकमुष्ट दिनसमेत सरकारलाई सुझाव दिए । स्थानीय तहलाई नै एकमुष्ट रकम वितरणको जिम्मा दिँदा छिटो हुने भन्दै भट्टराईले ९९ प्रतिशत जनताले रकम दुरुपयोग नगर्ने बताए । भट्टराईले भने,‘एकाध मान्छे खराब होलान् रक्सी खाएर रकम दुरुपयोग गर्लान् तर ९९ प्रतिशत जनताले रकमको दुरुपयोग गर्दैनन् । सरकारले जनतालाई विश्वास गर्नुपर्छ ।’

उनले नेपाल भुकम्पको जोखिमयुक्त क्षेत्रमा रहेको जान्दाजान्दै पनि भुकम्प प्रतिरोधि संरचना बनाउन र क्षतिको न्युनिकरण गर्न नसकेको स्विकार गरे । यसमा कार्यकारी प्रमुख बनिसकेको व्यक्ति भएकाले आफूपनि लज्जित रहेको बताए ।

तपाईको प्रतिक्रिया