अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै सासंद गाहा - Naya Patrika
eNaya Patrika
  • ePaper

 अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै सासंद गाहा

आमाबाबुु नभएका दुईजना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै नवलपुरका प्रदेश सासंद रोशनबहादुर गाहाले सोमबार विद्यालय भर्ना गरेका छन् ।

चार वर्ष अघि बुवाको मृत्यु भएको र आमा वैदेशिक रोजगारीमा गएर वेपत्ता बनेपछि अनाथ बनेका देवचुली नगरपालिकाको दलदले स्थायी घर भई कावासोती ३ अठ्ठाईस विगाहा बस्दै आएका ८ वषीय विशाल न्यौपाने र ६ वर्षीया अंशु न्यौपानेलाई सासंद गाहाले कावासोती ३ मा रहेको जनविकास विद्याआश्रम आधारभूत निमाविमा अभिभावकत्व ग्रहण गर्दै भर्ना गरेका हुन् ।

यी दुई बालबालिका दाजु बहिनी हुन । विशाललाई कक्षा ६ मा र अंशुलाई कक्षा ४ मा भर्ना गरिएको छ । सासंद गाहाले दबवै जना बाललबालिकालाई वार्षिक शुल्क, कलम कापीलगायतका सामाग्री, डे«स र अन्य आवश्यक खर्चसमेत आफुले व्यहोर्ने बताए ।

साथै उनले बालबालिकाको उज्जवल भविश्यको लागि हरबखत आफुले अभिभावकको भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । आफु सासंद पदमा नरहदा पनि यी दुई बालबालिकाको पढाईका लागि लाग्ने खर्च आफूले ब्यहोर्ने बताए ।

अंशु र विशालको रेखदेख गर्ने कोही नभएपछि चार वर्ष अघि कावासोती ३ अठ्ठाईस विगाहा निवासी उनीहरुका आफन्त विशाल थापाले उनीहरुलाई आफ्नै घरमा राखेर पालनपोषण र शिक्षा दिँदै आएका छन् ।

अनेराश्ववियु नवलपुरका सदस्य समेत थापाले गरिब तथा अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने अनेराश्ववियुको नीति अनुसारनै यस्ता बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै आएको बताए । अंशु र विशालका बारेमा सासंद गाहासँग कुरा राख्दा गाहाले उनीहरुको अभिभावकत्व ग्रहण गर्ने बताएपछि आफुलाई खुसी लागेको थापाले बताए ।

सोमबार विद्यालमा अनेराश्ववियु नवलपुर कमिटीले औपचारिक कार्यक्रमको आयोजना गरेर बालबालिकाको भर्ना गरिएको छ । शिक्षामा सबैको पहुँचमा पुर्याउन जनप्रतिनिधिहरुलाई उत्तरदायी बनाउने उदेश्यले यो अभियानको थालनी गरिएको अनेराश्ववियु नवलपुरका अध्यक्ष ठाकुर पराजुलीले बताए ।

विद्यालयका प्राध्यानाअध्यापक प्रेम न्यौपानेले आफ्नो विद्यालयमा अध्ययनरत् अनाथ बालबालिकालाई जनप्रतिनिधिहरुबाट अभिभावकत्व ग्रहण गरेर शिक्षाको उज्यालो ज्योति प्रदान गर्नु एक उदाहरणीय काम भएको बताए । साथै उनले बालबालिकाको पठनपाठनामा विद्यालयबाट पनि सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया