उपचार नपाउँदा महिलाको बाटोमै मृत्यु - Naya Patrika
eNaya Patrika
  • ePaper

उपचार नपाउँदा महिलाको बाटोमै मृत्यु

डोल्पाको ठूलीभेरी नगरपालिकाअन्तर्गत वडा नं ८ डाँगीबाडामा बस्ने ३८ वर्षीया धना डाँगी रहेको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

आज बिहान ११ बजे गाेठमा काम गर्दा गर्दै बेहोस भएकी धनालाई उपचारका लागि जिल्ला अस्पताल डोल्पा लगिएको थियो । तर, बाटोमै उनको मृत्यु भएकोे श्रीमान् लालचन्द्र डाँगीले जानकारी दिए ।

लालचन्द्रकाअनुसार बिहानभरी खेतबारीको आलु गोडमेल गरेपछि गोठको मल खन्दै गर्दा बेहोस भएकी थिइन् ।

पछिल्लो समय डोल्पामा यस्ता घटना बढ्दै गएका छन् । बेहोस भएकी धनालाई अस्पताल पुर्याउन ढिला भएकाले उपचारकै अभावमा मृत्यु भएको अस्पतालका चिकित्सकले जनाएका छन् ।

जिल्ला अस्पतालका डा. लक्ष्मण नेपालले ग्रन्थीसम्बन्धी समस्या, रक्तनलीमा समस्या र दिमागले काम नगरेको अवस्थामा एक्कासी मृत्यु हुन्छ ।

तपाईको प्रतिक्रिया