६ लाख भारतीय रुपैया सहित दुई पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

६ लाख भारतीय रुपैया सहित दुई पक्राउ

त्रिवेणी प्रहरीले भारत बाट गण्डक व्यारेक नाकाको बाटो भई नेपाल तर्फ ल्याउदै गरेको ठुलो परिमाणका भारतीय नोट सहित दुई जना लाई नियन्त्रणमा लिएको छ ।
सिमापारी भारत बिहार भैसालोटनको बाटो भई विआर ०५२६२९६ नम्बरको मोटर साईकलमा ६ लाख भारतीय रुपैया अवैैध रुपमा ल्याईको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय त्रिवेणीका सई हरिद्धार धोवीले जानकारी दिए ।


भारत विहारको भगहा बस्ने ३८ वर्षीय कृष्ण मुरारी र भारत विहार मुझफपुर घर भई चितवन माढीमा कपडा पसल सञ्चालन गरिरहेका ४५ वर्षीय सागर गुप्तालाई नियन्त्रणमा लिएर थप कारबाहीका लागी जिल्ला प्रहरी कार्यलय कावासोती पठाईएको छ ।
पछिल्लो समय यता गण्डक व्यारेज नाकाको बाटो बाट अवैैध क्रियाकलाप बढ्न थालेपछि प्रहरी निकायले चेकजाँच कार्यलाई बढाएको प्रहरीले दावी गरेको छ ।

तपाईको प्रतिक्रिया