साताको पहिलो दिन नै ५० अंकले बढ्यो नेप्से, एक अर्ब २३ करोडको कारोबार - Naya Patrika
eNaya Patrika
  • ePaper

साताको पहिलो दिन नै ५० अंकले बढ्यो नेप्से, एक अर्ब २३ करोडको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले बढेर उछाल आएको छ । ५०.१८ अंकले बढेर नेप्से परिसुचक १४३८.४९ पुगेको छ । साताको अन्तिम दिन विहिबार नेप्से परिसुचक १३८८.५३ थियो ।

एक अर्ब २३ करोड बढीको कारोबार
बजार बन्द हुन एकघण्टा बाँकी रहँदा नेप्से परिसूचक २६.५१ अंकले बढेकोमा पछिल्लो एक घण्टामा नै २४ अंकले बढेको थियो । १६७ कम्पनीमा २८ लाख ८९ हजार ९४३ कित्ता शेयर १२ हजार ५ सय ४८ पटक खरिदबिक्री हुँदा एक अर्ब २३ करोडको कारोबार भएको छ ।

कुमारीको कारोबार बढी
कुमारी बैंकको सबै भन्दा बढी ५ करोड ३९ लाखको कारोबार भएको छ । राष्टिय बिमा कम्पनी लिमीटेडको ४ करोड ४० लाख बढीको कारोबार भएको छ भने सानिमा बैंकले ३ करोड ७५ लाख बढीको कारोबार गरेको छ ।
त्यसै गरी नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, सानिमा हाइड्रोपावर र चिलिमे हाइड्रोले तीन करोड बढीको कारोबार गरेका छन् ।

लघुबित्त, बीमा र जलबिद्युतमा उछाल
सबैभन्दा बढी लघुवित्त समूह ५.८९ प्रतिशतले बढेको छ । त्यसै गरी जलबिद्युत, बीमा, विकास बैंक, फाइनान्स, बैंक, होटलको क्रमशः ५.२६, ५०.३, ३.७९, ३.३७, ३.२६, ३.१४ प्रतिशतले बढेको छ । त्यसै गरी उत्पादन मूलक १.७१ र अन्य १.६२ प्रतिशतले बढेका छन् ।

तपाईको प्रतिक्रिया