केबी गुरुङद्वारा देउवालाई दिएको समर्थन फिर्ता - Naya Patrika
eNaya Patrika
  • ePaper

केबी गुरुङद्वारा देउवालाई दिएको समर्थन फिर्ता

केबी गुरुगले शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिएका छन् । १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउनका लागि गुरुङले प्रस्ताव गरेका थिए । तत्कालिन कोइराला गुटबाट यता आएर देउवालाई समर्थन गरेका थिए ।

यस्ता छन् गुरुङले  शेरबहादुर देउवालाई लगाएका आरोप 

  • १३ औं महाधिवेशनमा म समेत देशभरका महाधिवेशन प्रतिनिधि साथीहरूले बढो विश्वासका साथ मत दिएर सभापतिमा विजय वनेका शेरबहादुर देउवाजीले हाम्रो विश्वास र पार्टीको सिद्धान्त विपरित पार्टीमा अझ व्यापक रूपमा गुटलाई प्रोत्साहित गर्नुभयो ।
  • पार्टी विधान बमोजिम दुई महिना भित्र पदाधिकारी प्रस्ताव गरी मनोनयन गर्ने, विभागहरू गठन गरी पार्टीलाई परिचालन गर्ने कार्यमा सभापतिबाट पूर्ण रूपमा बेवास्ता भयो । यसले पार्टीलाई ध्वस्त बनाएको, पार्टीका भातृसंस्थाहरूलाई सशक्त वनाइ परिचालन गर्न नसकेको, स्थानीय तहको निर्वाचनका क्रममा चितवनको भरतपुर नगपालिकामा पार्टीको सिद्धान्त, नीति विपरित पार्टीको कार्यसमितिलाई पनि छलेर देउवाजीको सत्ता केन्द्रित मोहबाट अभिप्रेरित भएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्रीलाई जिताउन हँसिया हथौडामा भोट माग्नुभयो । यसले प्रजातान्त्रिक मूल्य र मान्यता एवम् स्वतन्त्र न्याय पद्धति प्रति पार्टीको अटुट आस्था र विश्वासको भावनामा चोट पु¥याउँने काम गर्नुभयो ।
  • सभापतिका हैसियतमा प्रधानमन्त्री बनेका देउवाजीको क्रियाकलापबाट स्वतन्त्र न्यायालयको गरिमा प्रति पुग्न गएको चोट, सभापति र सभापतिका हैसियतमा प्रधानमन्त्री बने पछि बीबीसी साझा सवाल लगायत विभिन्न कार्यक्रम र मञ्चहरूमा पार्टी सभापति एवम् प्रधानमन्त्री हैसियत र गरिमा विपरित विवादास्पद अभिव्यक्ति दिनुभयो ।
  • जसले पार्टीको लोकप्रियतामा पुग्न गएको गंभीर क्षति लगायतको कार्यबाट १३ औं महाधिवेशनमा उहाँलाई सभापतिमा प्रस्तावक वसेको नाताले म अत्यन्त नै मर्माहत हुन पुगेको छु । अतः मैले देउवाजीलाई १३ औं महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्तावित गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको करिव दुई वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त नै दुःखित हुन पुगेको छ ।
  • पार्टीको विधान र नैतिकताले के भन्छ भन्ने कुराको पर्वाह नराखी मैले १३ औं महाधिवेशनका क्रममा विधिवत रूपमा देउवाजीलाई काँँग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा समेत यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपूर्वक सुनाउँदछु ।

KB Gurung Statement final pdf 2

 

 

 

तपाईको प्रतिक्रिया