कार्यक्रम संयुक्त, दुई पार्टीका आ-आफ्नै ब्यानर ! - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

कार्यक्रम संयुक्त, दुई पार्टीका आ-आफ्नै ब्यानर !

लेनिन जयन्ती तथा कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसर आयोजित संयुक्त कार्यक्रममा लेनिनकै फोटो छुटेको विवादलाई लिएर उब्जिएको विवाद  सुल्झिएपछि कार्यक्रम सुरु भएको छ । एमाले र माओवादीकाे  आ-आफ्नै ब्यानर राखेर कार्यक्रम सुरू भएकाे हाे ।

कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज आयोजना गरेको संयुक्त कार्यक्रम सुरु नहुँदै विवाद उत्पन्न भएको थियो । असन्तुष्ट कार्यकर्तालाई आस्वास्त पार्दै वाईसिएलका अध्यक्ष दिपशिखाले मञ्चबाट कार्यक्रम अगाडि बढाउन दुई अध्यक्षबीच सहमति भएको घोषणा गरेपछि कार्यक्रम औपचारिक रुपमा पुरानै ब्यानरमा सुरु भएको हो । मञ्चको पछाडि एमालेकाे पुरानै ब्यानर र माअाेवादीकाे नयाँ ब्यानर बनाएपछि  सहमति जुटेकाे  थियाे । यस्तै मञ्च अगाडि दुर्इ अध्यक्षको अगाडि मार्क्स र लेनिनको फोटो राखिएको छ ।

राष्ट्रिय सभागृहमा दुई पार्टीले पहिलोपटक स्थापना दिवस संयुक्त रूपमा मनाउन लागेका हुन् । तर, कार्यक्रममा दुई अध्यक्ष (प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली तथा पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड) को उपस्थिति नहुँदै कार्यक्रमस्थल तनावपूर्ण बनेको थियाे ।

 

सतिश पोखरेल / नयाँ पत्रिका

तपाईको प्रतिक्रिया