रोकिएन बैदेशिक रोजगारीमा व्यथिति, युएईमा अलपत्र ४ युवा स्वदेश फर्किए - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

रोकिएन बैदेशिक रोजगारीमा व्यथिति, युएईमा अलपत्र ४ युवा स्वदेश फर्किए

चार महिना अघि काठमाडौंस्थित दिपज्योति ओभरसिस्मार्फत सेक्युरिटी गार्डको रुपमा काम गर्न युएई आएका नेपाली युवा चार मिहना अलपत्र परेर  मंगलबार स्वदेश  फर्किएका छन् ।

तीन लाख ५० हजार प्रतिव्यक्तिका दरले रकम बुझाएका काठमाडाै‌का महेश गौतम, हेटौडाका गणेश श्रेष्ठ, बर्दियाका अर्जुन देवकोटा र दाङका भिमसेन नेपालीलाई युएईमा कम्पनीले काम नदिएनको र आवासीय भिषासमेत नपाएकोले ‘ओभर स्टे’ जरिवाना तिरेर बस्दै आएको पीडितले बताए । उनीहरु नेपाली दुतावास युएई र समाजसेवी प्रकाश कोइरालाको पहलमा नेपाल फर्किएको दुतावासले जनाएको छ ।

दिपज्योति ओभरसिस्का व्यवस्थापक निश्चल दाहाललाई तीन लाख ५० हजार रुपैयाँ बुझाएर मासिक १९२० युएई दिहराम (करिब नेपाली ५५हजार रुपैयाँ) को सम्झौता पत्र बोकेर उनीहरु गत डिसेम्बर १६ मा युएई आएका थिए ।

युएईमा उक्त ओभरसिजका मार्केटिङ्ग म्यानेजर भनिने माधव भट्टराई र उनका सहयोगी रमेश खुलालले उनीहरलाई आफ्नै कोठामा लगेर राखे । कम्पनीमा लगिदिन र काम सुरु गर्ने अनुरोध गर्दा विभिन्न बहानामा झुलाएर एकदिन दुइदिन भन्दै ५ दिनसम्म युएईको शारजाहमा राखेको पीडितले बताए ।

नेपाल फर्किनु अघि नयाँ पत्रिकासँग कुरा गर्दै पीडित भिमसेन नेपालीले काम नै दिन नसक्ने कम्पनीको भिषा देखाएर म्यानपावरले आँफुहरुलाई ठगी गरेको बताए । उनले नेपाल फर्किए लगत्तै म्यानपावरको विरुद्धमा उजुरी दिने बताए ।

नेपाली राजदुतावास युएईले दिपज्योति ओभरसिज प्रालिले ४ जना नेपालीलाई अलपत्र पारेको उजुरी परेदेखि पटक–पटक उनीहरुको उद्दारको लागि अग्रह गर्दा वेवास्ता गरेपछि उक्त कम्पनीको मागपत्र र श्रम रोक्का गरिएको बताएको छ । उनीहरुले दिहराम ३८०० (करिब एकलाख ५ हजार नेपाली रुपैयाँ) ओभरस्टेको जरिवाना स्वदेश फर्किएका हुन् ।

यसरी परियो अलपत्र

पाँच दिनपछि दलाल माधव भट्टराईले उनीहरुलाई युएईको देइरा भन्ने ठाँउमा लगि एकजना पाकिस्तानी नागरिकको जिम्मा लगाएर उसैले बस्ने ठाँउ र कम्पनीमा लगिदिने भन्दै छोडिदियो । उक्त पाकिस्तानीले एउटाकोठामा लगेर त्यही वस्न भन्यो जहा एउटै कोठाँमा २० जना बसेका थियौं । कोठा बस्न लायक थिएन, एउटै कोठामा २०, २२ जना बस्थ्यौं ।

पाँच दिनपछि दलाल माधव भट्टराईले हामीहरुलाई युएईको देइरा भन्ने ठाँउमा लगि एकजना पाकिस्तानी नागरिकको जिम्मा लगाएर उसैले बस्ने ठाँउ र कम्पनीमा  लगिदिने भन्दै छोडिदिए ।

बसिरहेको घरधनीले कोठाको भाडा कम्पनीले नदिएको भन्दै बाहिर निकालेर चाबी लगाइदियो । प्रवासको ठाँउ मेहनत गरौंला, कमाएर घरपरिवार खुशी हाेलान भनेर यहाँ  आएको  सडकमा अलपत्र परियाे ।

 

कामको आशमा कुर्दै बसियो । एकदिन बित्यो, २ दिन बित्यो काम कहा छ थहाँ छैन, कम्पनी कहाँ छ थाहा छैन । हामीलाई बस्नका लागि अन्यत्र लगियो । हप्ता हुँदै महिनौं बित्यो । युएईको श्रम कानुन अनुसार, लगाउनु पर्ने युएईको आवासीय भिषा र मेडिकल पनि हुन सकेन । न त कम्पनीले काम नै दियो ।

बसिरहेको घरधनीले कोठाको भाडा कम्पनीले नदिएको भन्दै बाहिर निकालेर चाबी लगाइदियो । प्रवासको ठाँउ मेहनत गरौंला, कमाएर घरपरिवार खुशी हाेलान भनेर यहाँ  आएको जिन्दगी सडकमा अलपत्र परियाे । आफ्नो समस्या लिएर नेपाली दुतावास गएर निवेदन दिए । दुतावासले म्यानपावर व्यवसायी र कम्पनीसँग समन्वय गरेर उद्दारको पहल गर्ने आस्वाशन दियो ।

महेश गौतम र गणेश श्रेष्ठ अबुधावीमा रहेका गायक प्रकाश पौडेलको कोठामा आश्रय लिन पुगौं, अर्जुन देबकोटा र म (भिमसेन नेपाली) शारजाहमा रहेका प्रवासी नेपाली मञ्च युएईका पूर्वअध्यक्ष प्रकाश कोइरालाको सम्पर्कमा आयौं ।

अबुधावीमा रहेका गौतम र श्रेष्ठलाई त्यहाँको स्थानीय सिआवीले चेकजाँच गर्ने क्रममा भिषा नभएको भेटेपछि जेलमा हाल्यो । उनीहरु जरिवाना अनुसार जेल सजाय भुक्तान गरेर गत मंगलबार नेपाल फर्कियौं ।
शारजाहमा रहेका देबकोटा र म (नेपाली) ले २५ दिनसम्म कोइरालाको कोठामा बस्यौं । उहाँकै सक्रियतामा दुतावास आवश्यक प्रक्रिया पूरा गरी विहिबार नेपाल फर्कन पायौं ।

म्यानपावरको श्रम रोक्का   : राजदुतावास

नेपाली राजदुतावास युएईले उक्त म्यानपावर कम्पनीको श्रम रोक्का गरिएको छ । राजदुतावासका श्रम सहचारी मोतिराम भुषालले नयाँ पत्रिकासँग भने, ‘दुतवासको पहलमा उनीहरुलाई नेपाल फर्काइएको छ । नेपाल सरकार बैदेशिक रोजगार विभागमा पत्रचार गरेर दिप ज्योति ओभारसिज प्रालीको श्रम रोक्का भएको छ ।

उनले अघि थपे, ‘पीडितहरुले आवश्यक क्षतिपूर्ति नपाएसम्म उक्त म्यानपावरको मागपत्र र श्रम रोक्का खुला गरिने छैन ।’ कानुनतः कम्पनीले काम दिन नसकेपछि उनीहरु युएईमा रहेको समयको पारिश्रमिक र नेपालमा बुझाएको रकम फिर्ता हुनुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया