नयाँ वर्षसँगै गाउँ पस्यो गुल्मी कांग्रेस - Naya Patrika
eNaya Patrika
  • ePaper

नयाँ वर्षसँगै गाउँ पस्यो गुल्मी कांग्रेस

गुल्मी कांग्रेस केही महत्वाकांक्षी योजना बोकेर नयाँ वर्ष ०७५ को सुरुवातसँगै गाउँ पसेको छ । ५० दिनसम्म गरिब, दलित तथा पिछडिएका वर्गको घरमा गएर उनीहरूको दुःख–सुखमा साथ दिने निर्णयसहित कांग्रेसका नेता–कार्यकर्ता गाउँ गएका हुन् ।

‘कांग्रेसको आह्वान, गाउँमा जाऔँ–गाउँमै रमाऔँ, ५० दिने महाअभियान’ नाराका साथ कांग्रेसका नेता–कार्यकर्ता गाउँ गएका हुन् । गुल्मीका सबै १२ स्थानीय तहका ९३ वटा वडामा कांग्रेसका एक–एक प्रतिनिधि गरिब–दलितका घरमा रहनेछन् ।

कांग्रेसले यो महाअभियानलाई दुई चरणमा विभाजन गरेको छ । पहिलो चरणमा तीन हप्तासम्म गाउँकै गरिबका घरमा बस्ने, दोस्रो चरणमा एक हप्ता समीक्षा र तेस्रो चरणमा दोस्रो चरणको समीक्षाका आधारमा कार्यक्रम निर्धारण गर्ने पार्टीसचिव विष्णु सापकोटाले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया