युएईमा बुद्ध जयन्तीकाे तयारी तिव्र - Naya Patrika
eNaya Patrika
  • ePaper

युएईमा बुद्ध जयन्तीकाे तयारी तिव्र

भगवान गौतम वुद्धको २५६२ औं बुद्ध जयन्ती मनाउनको लागि नेपाल आदिवासी जनजाति महासंघ युएईले तयारी गरेको छ ।

महासंघको बैठकले भव्य रुपमा बुद्ध जयन्ती मनाउनको लागि पूर्वअध्यक्ष डेरराज गुरुङ्गलाई २५६२ औं बुद्ध जयन्ती कार्यक्रमको संयोजकको जिम्मेवारी दिएको वर्तमान अध्यक्ष पासाङ शेर्पाले बताए ।

एसियाका ज्योती, नेपालका राष्ट्रिय विभुति, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म जयन्ती मनाउन युएईमा क्रियाशील सम्पूर्ण नेपाली संघ संस्थासँग समन्वय भइरहेको अध्यक्ष शेर्पाले नयाँ पत्रिकालाई बताए ।

 कार्यक्रममा बुद्ध पूजा, विश्व शान्तिका लागि मन्त्रोच्चारण र बुद्ध बाचन गर्ने लगायतका कार्यक्रम हुो आयोजना समितिलिे जनाएको छ । गत वर्ष युएईमा क्रियाशील करिव ५० ओटा संघ संस्थाहरु मिलेर संयुक्त बुद्ध जयन्ती आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया