भुकम्पको सम्झनामा धरानमा 'भूमि पूजा’ - Naya Patrika
eNaya Patrika
  • ePaper

भुकम्पको सम्झनामा धरानमा ‘भूमि पूजा’

२०७२ सालमा गएको विनाशकारी भूकम्पबाट भएको मानवीय क्षति तथा आम मानव जगतले भोगेको दुःख कष्टको शान्तिको कामना गर्न सोमबार धरानमा स्थानीयले भूमि पूजा गरेका छन् ।

धरान-८ स्थित सामपाङ चोकमा ६ टोलका स्थानीयहरु भेला भई भूमि पूजा गरेका हुन् । भूमि पूजामा धरान-८ का सीता टोल, कृष्णा टोल, पारुहाङ चोक, शहिदरत्न मार्ग, बरपीपल चोक र सिद्धार्थ मार्गका स्थानिय भेला भइ हिन्दु परम्परा अनुसार पण्डितहरुद्वारा होम गरिएको थियो । यस्तै बौद्ध परम्परा अनुसार लामा गुरुहरुद्वारा होम, प्रार्थना तथा दिप प्रज्वलन गरिएको स्थानीय प्रविण खड्काले बताए ।

विगत ४ वर्षदेखि निरन्तर विश्व शान्तिको लागी गरिदै आएको होममा विस्तारै सहभागिता बढ्दै गएको र विशेष गरी २०७२ सालमा आएको विनासकारी भूकम्पमा परी ज्यान गुमाउनेहरुको आत्माको शान्तिको लागी होम आयोजना गरिएको आयोजक कमिटिकी संयोजक चन्द्रा तामाङले जानकारी दिईन ।

तपाईको प्रतिक्रिया