आत्मनिर्भर बन्न सीप सिक्दै दुलेगौडाका महिला - Naya Patrika
eNaya Patrika
  • ePaper

आत्मनिर्भर बन्न सीप सिक्दै दुलेगौडाका महिला

दुलेगौंडाका गृहिणीहरुलाई यतिखेर भ्याइ नभ्याई छ । विहानको घरधन्धा सिध्याउने वित्तिकै बजार निस्कन्छन् । यसरी हतार गरेर निस्कनुको कारण कुनै पिकनिक र सेमीनारमा जान होईन । उनीहरु विभिन्न सीपमुलक तालिममा सहभागी हुन दौडधुप गर्छन् ।


उच्च शिक्षा हासिल गरेका र नगरेका महिलाहरु दक्ष बन्न विभिन्न तालिममा सहभागी भइरहेका छन् । जिल्लाका अधिकांश महिलाहरु खेर जाने दिउँसोको समयलाई सदुपयोग गरी आत्मनिर्भर बन्ने उद्देश्यका साथ विभिन्न सीपमुलक तालिममा आकर्षित हुँदै गएका हुन् । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जिल्लाको शुक्लागण्डकी नगरपालिकाका करिव एक सय ५० भन्दा बढी महिलाहरु यतिखेर सीपमुलक तालिम लिईरहेका छन् ।

सीप सिकेर व्यवसाय सुरु गछौं :सहभागी
तालिममा सहभागी स्थानीय शोभा खनालले सीप सिकेर ब्यवसाय गर्ने सोच रहेको बताइन् । ‘सिप सिकेर निपुर्ण हुने इच्छा छ’ उनले भनिन्, ‘आत्मनिर्भर भएदेखि ब्यवसाय गरी परिवारको जीविकोपार्जनमा समेत सहज हुन्छ ।’ तालिमबाट महिलाहरुको जीविकोपार्जनमा टेवा पुग्ने तालिम संयोजक भीम भुजेलले जानकारी दिए । ‘सहभागीहरुलाई संस्थाले प्रशिक्षण नै दिने गरी जनशक्ति उत्पादन गर्न लागि परेको छ’ उनले भने, ‘उनीहरुको तालिमपछी मुल्याङकन गरी उत्कृष्ट हुनेलाई संस्थाले आर्थिक लगानी गर्ने वातावरण सिर्जना गर्नेछ ।’

वुटिक, सिलाइ र कम्प्युटर तालिम लिन यतिखेर उनीहरु उत्साहित छन् । भर्खर कपडा सिलाउन सिक्दै गरेकी शुक्लागण्डकी घारीकी सुनीता सुनारले सीपलाई निरन्तरता दिएर आम्दानी गर्ने सोच बनाएको बताइन् । ‘विदेश गएका पतिलाई स्वदेश मै बोलाएर ब्यवसाय गर्ने सोच छ’ उनले भनिन् दुबै मिल्यौ भने सम्भव नहुने कुरै हुँदैन ।’ अहिले दुलेगौंडाका महिलाहरु सादा कपडामा बुट्टा भर्नु तथा सिलाइबुनाइ र कम्प्युटरका विभिन्न कोर्शहरु गरिरहेका छन् । तालिमका प्रशिक्षक राम बहादुर घलेले सीपमुलक तालिम लिने महिलाहरु निकै खुशी भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु