चौथो चरणमा बद्रीलाल पराजित - Naya Patrika
eNaya Patrika
  • ePaper

चौथो चरणमा बद्रीलाल पराजित

काठमाडौं ओपन अन्तर्राष्ट्रिय ग्रान्डमास्टर बुद्धिचाल प्रतियोगिताको चौथो चरणमा नेपाली खेलाडी बद्रीलाल नेपाली पराजित भएका छन् । शनिबार भएको तेस्रो चरणमा बद्रीले आफूभन्दा उच्च वरीयताकी रोमानियाकी इन्टरनेसनल मास्टर एलिना लामीलाई हराएका थिए । तर, बद्रिले चौथो चरणमा भारतका इन्टरनेसनल मास्टर हर्ष भारताकोटीसँग पराजय व्यहोरे । चौथो चरणको समाप्तिसम्ममा बद्रिले ३ अंक बनाएका छन् ।

ग्रिनफिल्ड अपराजित
चौथो चरणको समाप्तिसम्म इजरायलका ग्रिनफिल्ड एलन ४ अंकका साथ शीर्ष स्थानमा छन् । उनी प्रतियोगितामा अपराजित नै छन् । ग्रिनफिल्डले तेस्रो चरणमा नेपाली खेलाडी रूपेश जयसवाललाई हराएका थिए । उनले चौथो चरणमा भारतका निरञ्जन नाभलगुन्डलाई सहजै पाखा लगाए । अजरबैजानका ग्रान्डमास्टर कास्पारोभ सेर्गीले चौथो चरणमा भारतका अंकित गाज्वालाई हराएर ४ अंक बनाएका छन् ।

ग्रान्डमास्टरले अंक बाँडे
रुसका अलेक्सान्दर फोमिनी र भारतका सन्दीपन चन्दाबीचको खेल बराबरीमा सकिएको छ । दुवै ग्रान्डमास्टरले १–१ बाँडेका छन् । तेस्रो चरणमा फोमिनीले भारतका शुभ्यान कुन्डुलाई हराएका थिए । सन्दीपनले नेपालका क्यान्डिडेड मास्टर विवेक थिङलाई पराजित गरे । दुवैले ३.५ अंक बनाएका छन् । भारतका प्रिन्स बजाज र हर्षवद्र्धन जिबीले पनि १–१ अंक जोडे । तेस्रो चरणमा हर्षवद्र्धनले स्पेनका लानेजा भेगा मार्कोसलाई निराश पारे । प्रिन्स बजाजले नेपाली क्यान्डिडेड मास्टरलाई पराजित गरेका थिए ।

रूपेश र मनीषको जित
भारतका दीप सेनगुप्ताले चौथो चरणमा भारतका राहुल गुरुङलाई हराउँदै समग्रमा ३.५ अंक बटुलेका छन् । तेस्रो चरणमा पराजित भएका नेपाली खेलाडी रूपेश जयसवाल र मनीष हमालले चौथो चरणमा जित हात पारेका छन् । चौथो चरणमा रूपेशले भारतका शुभम् शुक्लालाई हराए । फिडेमास्टर मनीषले नेपालकै भगवतीप्रसाद शर्मामाथि जित निकाले ।

तपाईको प्रतिक्रिया