चेल्सीको उत्कृष्ट पुनरागमन - Naya Patrika
eNaya Patrika
  • ePaper

चेल्सीको उत्कृष्ट पुनरागमन

दुई गोलले पछाडि परेको चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै शनिबार साउथह्याम्टनलाई ३–२ ले हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्ष चार स्थानको आशा जीवितै राखेको छ । चेल्सीले ३३ खेलबाट ६० अंक जोडेको छ । चेल्सी पाँचौँ स्थानमा रह्यो । शीर्ष स्थानमा म्यानचेस्टर सिटी ८४ अंकका साथ शीर्ष स्थानमा छ । म्यानचेस्टर युनाइटेडले दोस्रो स्थान रक्षा गर्दा ७१ अंक जोडेको छ । लिभरपुल र टोटनह्यामले समान ६७ अंक जोडेका छन् । गोलअन्तरमा लिभरपुल तेस्रो स्थानमा छ ।

७० मिनेटसम्म साउथह्याम्टन अगाडि
अंक तालिकाको १८औँ स्थानमा रहेको साउथह्याम्टनले चेल्सीविरुद्ध ७०औँ मिनेटसम्म २–० ले अग्रता लिएको थियो । खेलको २२औँ मिनेटमा ट्राडिकले साउथह्याम्टनलाई १–०को अग्रता दिलाए । पहिलो हाफमा चेल्सीले बराबरी गोल प्रयास गर्‍यो । तर, चेल्सीले प्राप्त अवसरमा गोल गर्न सकेन । खेलको ६१औँ मिनेटमा वेडनारेकले साउथह्याम्टनलाई २–० को अग्रता दिलाए । उनले चेल्सी डिबक्सभित्रैबाट उत्कृष्ट गोल गरे ।

जिरुडको दुई गोल
ओभिलर जिरुडले ८ मिनेटको अन्तरमा दुई गोल गर्दैै चेल्सीले साउथह्याम्टनलाई ३–२ ले पाखा लगाएको हो । खेलको ६१औँ मिनेटमा जिरुड अल्भारो मोराटाको स्थानमा मैदानभित्र प्रवेश गरेका थिए । खेलको ७०औँ मिनेटमा जिरुडले चेल्सीलाई २–१ को अन्तरमा झारे । त्यसपछि खेलको ७५औँ मिनेटमा इडन हेजार्डले २–२ का लागि गोल गरे । खेलको ७८औँ मिनेटमा जिरुडले चेल्सीलाई महत्वपूर्ण तीन अंक दिलाउँदै व्यक्तिगत दोस्रो गोल गरे ।

तपाईको प्रतिक्रिया