गायिका सिर्जुलाई अवार्ड - Naya Patrika
eNaya Patrika
  • ePaper

गायिका सिर्जुलाई अवार्ड

यस वर्षको बहुमुखी प्रतिभा अवार्ड गायिका सिर्जु अधिकारीले हात परेकी छिन् । राप्ती समाज काठमाडौंले विभिन्न विधामा म्युजिक अवार्ड वितरण गरेको हो । ‘छैटौँ राष्ट्रिय राप्ति म्युजिक अवार्ड– २०७४’अन्तर्गत विभिन्न ३५ विधामा अवार्ड वितरण गरिएको हो ।

गायिका अधिकारीलाई ‘प्यारा प्यारा’ बोल गीतका लागि अवार्ड दिएको राप्ति समाजले जनाएको छ । गायन क्षेत्रमा एक दशकदेखि सक्रिय गायिका अधिकारीका धेरै गीत श्रोताले रुचाएका छन् ।

गायनसँगै मोडलिङमा पनि सक्रिय अधिकारीले झन्डै ३ दर्जन गीत गाइसकेकी छिन् । उनले करिब एक दर्जन गीतमा संगीत पनि गरेकी छन् ।

तपाईको प्रतिक्रिया