सूर्योदयको १०ः७ हकप्रद निष्कासन बन्द - Naya Patrika
eNaya Patrika
  • ePaper

सूर्योदयको १०ः७ हकप्रद निष्कासन बन्द

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गतेदेखि १० बराबर ७ अनुपातमा निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद चैत २९ गते सकिएको छ ।

कम्पनीले प्रतिकित्ता रू. १ सय अंकित मूल्यका २ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले माघ २५ गतेसम्म कायम साबिक सेयरधनीहरूका लागि सो सेयर निष्कासन खुला गरेको थियो ।

तपाईको प्रतिक्रिया