सरिफले आजीवन चुनाव लड्न नपाउने - Naya Patrika
eNaya Patrika
  • ePaper

सरिफले आजीवन चुनाव लड्न नपाउने

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने भएका छन् । पाकिस्तानको सर्वोच्च अदालतले सरिफलाई जीवनभर निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो ।

पाकिस्तानी संविधानको धारा ६२ अनुसार सरिफविरुद्ध सो फैसला सुनाइएको अदालतले जनाएको छ । फैसलासँगै पूर्वप्रधानमन्त्री सरिफको राजनीतिक यात्रा अन्त्य भएको छ । फैसलाको सरिफले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

भ्रष्टाचारको आरोप लागेपछि सरिफले गत वर्ष सन् २०१७ को २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनी चार वर्षअघि तेस्रोपटक पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । प्रधानमन्त्री पदको शपथ लिइरहँदा ६७ वर्षीय सरिफले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ अपनाउने वाचा गरेका थिए ।

तपाईको प्रतिक्रिया