शुभकामना २०७५ ! - Naya Patrika
eNaya Patrika
  • ePaper

शुभकामना २०७५ !

नयाँ उमङ्ग
अनि जोश जागर नयाँ
यो नयाँ वर्ष
लिएर आओस्
खुशी नयाँ ।

सुख शान्ति नयाँ
रङ्ग–रुप नयाँ
नयाँ विविधता
सुन्दरता नयाँ ।

लेखिनेछन् फेरी कथा नयाँ
नयाँ पृष्ठभूमि
व्याख्यान नयाँ ।

छ नि त अनि भेश नयाँ
रचेका व्यथा नयाँ
सुनिएका ति
आर्तनाद नयाँ ।

फेरीएको छ मुहार नयाँ
देशको
परिवेशको
हुनेछ फेरी दशा नयाँ
र केहि गर्ने नशा नयाँ ।

नयाँ यो बर्षमा
रचिने फेरी काब्य–कथा नयाँ
दिए शुभकामना नयाँ
राखौ शुभाशिष नयाँ ।

तपाईको प्रतिक्रिया