गज्जब! ब्लाे अपमा प्रदीप र जसिता - Naya Patrika
eNaya Patrika
  • ePaper

गज्जब! ब्लाे अपमा प्रदीप र जसिता

स्केपबाट नेपाली चलचित्रमा डेब्यु गरेका प्रदीप खड्काले ‘प्रेमगीत’ चलचित्रको सफलतासँगै स्टारडमको छवि बनाए । ‘प्रेम गीत २’मा उनको अभिनयलाई धेरैले मन पराए । चलचित्रको सफलतासँगै उनी नयाँ पुस्तामाझ चर्चित पनि बने ।
पोखरामा बाल्यकाल बिताएकी र अहिले बेलायतमा बसोवास गर्ने जसिता गुरुङ डान्सर हुन् । युके डान्स अफ २०१७ मा विजयी भएपछि ग्ल्यामरको दुनियाँमा प्रवेश गरेकी उनी डेब्यु चलचित्र ‘लिलीबिली’को ट्रेलर र गीतबाटै चर्चामा आएकी छिन् ।
आउँदो शुक्रबार नयाँ वर्षलाई लक्षित गरेर अल नेपाल रिलिज हुन लागेको चलचित्र ‘लिलीबिली’मा यो जोडी पर्दामा देखिँदै छ । प्रेमकथात्मक चलचित्र ‘लिलीबिली’को अधिकांश छायांकन बेलायतमै भएको हो । आफूहरूको मिहिनेत र चर्चित कलाकारहरूको अभिनय रहेका कारण चलचित्र सफल हुनेमा आशावादी रहेको उनीहरूले बताए ।

माेडलः  प्रदीप खड्का अभिनेता/जसिता गुरुङ अभिनेत्री

तस्बिर: विनोद विष्ट

लोकेसन: होटल उडल्यान्ड, दरबारमार्ग, काठमाडौं

मेकअप: लक्ष्मी मानन्धर (सिजनल ब्युटी पार्लर, लगनखेल)

तपाईको प्रतिक्रिया