बुटवलको भाटभटेनी सुपरमार्केटमा आगलागी - Naya Patrika
eNaya Patrika
  • ePaper

बुटवलको भाटभटेनी सुपरमार्केटमा आगलागी

बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ः०० बजेदेखि आगलागी भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिने प्रयास भइ रहेको छ ।

भाटभटेनी सुपरमार्केटको चौथो र पाँचौँ तलामा आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भीक अनुमान गरिएको छ तर आगलागीको खास कारण यकिन भएको छैन । याे सुपरमार्केट गत वर्षदेखि  सञ्चालनमा आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु