प्रदेश ७ को संसद् बैठक दुईपटक स्थगित - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रदेश ७ को संसद् बैठक दुईपटक स्थगित

प्रदेश सभा सदस्यलाई जानकारी नै नदिएर शुक्रबार प्रदेश सभा बैठक दोस्रोपटक स्थगित भएको छ । प्राविधिक तयारी नपुगेकाले स्थगित भएको जनाइएको छ ।

प्रदेश ७ को आर्थिक कार्यविधि विधेयक पारित गर्ने, आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले श्वेतपत्र पेस गर्नेलगायतका कार्यसूची रहेको प्रदेश सभा बैठक दुईपटक स्थगित भएको हो । शुक्रबार बिहान ११ बजे बैठक बोलाइएको थियो । प्रदेश सभा सदस्यहरू उपस्थित पनि भइसकेका थिए । तर, एकाएक सूचना प्रकाशित गरेर दिउँसो १ बजे बस्ने जानकारी दिइएको थियो ।

त्यसपछि दिउँसो १ बजे प्रदेश सभा हलमा पुगेका सदस्यहरू एक घन्टा कुरेर फर्किएका छन् । दिउँसो अर्को सूचना जारी गरेर २५ चैतको बिहान बस्ने जानकारी दिइएको थियो ।

 रकमान्तरको विषयमा विवाद
संसद् सचिवालयले प्राविधिक तयारी नपुगेको भनेर सूचना जारी गरे पनि दलहरूबीच रकमान्तरको विषयलाई लिएर विवाद भएको जनाइएको छ । प्रदेश सरकारले गत तीन महिनामा भएको खर्चसहित बाँकी तीन महिनाका लागि बजेट ल्याउँदै छ । संघीय सरकारले प्रदेशलाई पठाएको ४५ करोड रुपैयाँ सबै खर्च भएको छैन । खर्च नभएको बजेटलाई रकमान्तर गर्ने विषयमा आर्थिक कार्यविधि विधेयकमा सहमति नजुटेपछि बैठक स्थगित गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु