फिल्म एडिटिङमा साहिलको सान - Naya Patrika
eNaya Patrika
  • ePaper

फिल्म एडिटिङमा साहिलको सान

केही वर्षयता फिल्म एडिटरका रूपमा निकै व्यस्त छन् साहिल खान । एरिना मल्टिमिडिया जमलबाट एडिटिङ र ग्राफिक्स कोर्ष गरेपछि सन् २००६ देखि फिल्म एडिटिङ थालेका उनले अहिलेसम्म थुप्रै फिल्ममा आफ्नो कला देखाइसकेका छन् ।

फिल्म सम्पादन, ग्राफिक्स तथा प्रोमो निर्माणमा साहिलले आफ्नो बेग्लै पहिचान बनाएका छन् । त्यसैले अधिकांश निर्देशक–निर्माता साहिलस“ग काम गर्न मन पराउँछन् । कुनै पनि फिल्मलाई अझ राम्रो, कसिलो र उत्कृष्ट बनाउन सम्पादकको महत्वपूर्ण भूमिका हुने गरेकाले साहिल निर्माता–निर्देशकको रोजाइमा परेका हुन् ।

‘म स्क्रिप्टको मर्म, निर्देशकको सोच र प्र्रस्तुतीकरणको गहन विश्लेषण गर्ने गर्दछु,’ साहिल भन्छन्, ‘त्यसकारण अधिकांश निर्देशक मसँग काम गर्न मन पराउनुहुन्छ ।’ साहिलको गौरीधारामा मुभी फ्याक्ट्री नामक अफिस छ । जहाँ उनी फिल्म सम्पादन, ग्राफिक्स, प्रोमो निर्माण तथा पोस्टर डिजाइन
गर्ने गर्दछन् ।

प्रविधिको विकाससँगै आफूलाई ‘अपडेट’ गर्दै लगेकाले गुणस्तरीय काम गर्न सकेको भनाइ उनको छ । उनी भन्छन्, ‘फिल्म सम्पादन प्रविधिले मात्रै हुँदैन । सम्पादन एउटा यस्तो कला हो, जसमा हात मात्र होइन, दिमाग धेरै लगाउनुपर्छ ।’

सन् २०१६ मा ‘के म तिम्रो होइन र’बाट बक्स अफिस फिल्म अवार्ड तथा ‘भैरव’बाट एलजी सिने अवार्ड जितेका उनी हाल ‘लभ डायरिज’, ‘होलिडे’, ‘छिरिङ’, ‘भिलेन’, ‘सुराग’ (हिन्दी) लगायतका झन्डै एक दर्जन फिल्ममा व्यस्त रहेको बताउँछन् ।

तपाईको प्रतिक्रिया