हेटौँडामा सञ्चालित मदरसालाई युएईबाट आर्थिक सहयोग - Naya Patrika
eNaya Patrika
  • ePaper

हेटौँडामा सञ्चालित मदरसालाई युएईबाट आर्थिक सहयोग

मकवानपुर मुस्लिम समुदायद्वारा हेटौँडामा सञ्चालित मदरसा दारुल कुरान विद्यालयलाई युएईमा रहेका नेपाली युवाहरुले एक लाख साठी हजार नेपाली रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा चैत १३ मा मकवानपुर मुस्लिम समुदायद्वारा आयोजित प्रदेश नं. ३ मकवानपुर जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा युएईबाट प्रतिनिधित्व गरेका समिम खानको हातबाट उक्त रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अहमद खानलाई हस्तान्तरण गरिएको हो ।

साथमा विद्यालय निर्माणको लागि एकहजार थान ब्लक पनि पनि खरिद गरि हस्तान्तरण गरिएको थियो । हाल उक्त विद्यालयमा ६० जना मुस्लिम बालबालिकाहरु अध्ययनरत रहेको मदन अधिकारीले नयाँ पत्रिकालाई बताए ।

युएईमा कार्यरत युवाहरु समिम खान, मनोज गोर्खाली र मदन अधिकारीले संयुक्त रुपमा चेपाङ्ग तथा मुस्लिम अनाथ बालबालिकाहरुको सहयोगार्थ गत डिसेम्बर २२ मा ‘शुभयात्रा साँझ’ साँस्कृतिक कार्यक्रम आयोजान गरेका थिए ।

उनीहरुले उक्त कार्यक्रमबाट उठेको रकममध्यबाट पहिलो चरण अन्र्तगत गत जनवरीमा धादिङ्ग जिल्लाको रोराङ्ग बेनीघाटमा रहेको भुमिस्थान प्राविमा अध्ययनरत चेपाङ समुदायका बालवालिकाहरुलाई तिन लाख बराबरको लत्ताकपडा र शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया