६ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

६ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका ४ का १६ वर्षीय हिमाल दमाई (दर्जी) लार्ई प्रहरीले पक्राउ गरेको छ ।

आरोपितले मंगलबार साँझ ४ बजे ६ वर्षीया बालिकालाई चाउचाउ बिस्कुटको लोभ देखाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताए । परिवारको उजुरीका आधारमा दर्जीलाई इस्मा प्रहरीले गिरफ्तार गरी मंगलबार नै जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो ।

इस्मा गाउँपालिकाको न्यायिक समितिको संयोजक तथा उपप्रमुख बिमला खत्रीले बालिका रगतताम्य अवस्थामा भएकाले तत्काल सदरमुकाम पठाएको जानकारी दिइन् । बालिकाको राति नै जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरी बुधबार थप उपचारका लागि पाल्पा रिफर गरिएको यादवले बताए ।

आरोपित अहिले प्रहरी हिरासतमा छन् । अदालतबाट म्याद थप गरी थप कानुनी कारवाही अगाडी बढाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

तपाईको प्रतिक्रिया