उन्नत जातको बोका वितरण - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

उन्नत जातको बोका वितरण

यहाँको नलगाड नगरपालिका पशुपंक्षी बिकाश शाखाले किसानहरुलाई १३ वटा उन्नत जातका बोका वितरण गरेको छ । नगरपालिकाको प्रत्येक वडा मा १ वटा पर्ने गरि बोयर र जमुनापारी जातको बोका वितरण गरेको हो ।

नगरपालिका भित्रका बाख्राहरुमा नश्ल सुधार गरी मासु उत्पादन वृद्धि गर्नुका साथै आर्यआर्जन वृद्धि गर्ने लक्ष्य लिईएको छ । किसानलाई सवै बोकाहरु निशुल्क वितरण गरिएको नलगाड नगरपालिका पशुपंक्षी विकास शाखाका प्रमुख अमृत गिरीले जानकारी दिए । नलगाड नगरपालिकामा ३० हजार भन्दा बढी बाख्रा रहेको शाखाका गिरीले बताए । ४ लाख २० हजार रुपैयाँमा खरिद गरिएको थियो । यसै वीच नलगाड नगरपालिका वडा ४ र ६ का एकल महिलालाई बाख्रा बितरण गरिएको छ ।

लेखवेशी एकल महिला बाख्रा पालन समुहका २० जना महिलालाई २० वटा बाख्रा वितरण गरिएको छ । करिव २ लाख रुपैयाँको लागतमा उक्त समुहलाई बाख्रा वितरण गरिएको हो । नलगाड नगरपालिका वडा २ स्थित लवकुश अर्गानिक एग्रो प्रालिबाट उन्नत जातका बाख्रा खरिद गरि एकल महिलालाई वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया