समृद्धिका लागि प्रदेशहरूबीच प्रतिस्पर्धा आवश्यक : चौधरी - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

समृद्धिका लागि प्रदेशहरूबीच प्रतिस्पर्धा आवश्यक : चौधरी

नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले आर्थिक समृद्धिका लागि प्रदेशहरूका वीचमा सकारात्मक प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन् । आर्थिक एवं सामाजिक विकासका लागि मुलुकमा संघिय संरचनामा गइसकेको कारण प्रदेश सरकारहरूले यहि सोंचका साथ काम शुरू गर्नुपर्ने उनको भनाई छ । सोमबार रौतहटको चन्द्रपुर महोत्सवमा विशिष्ठ अतिथिका रूपमा सम्बोधन गर्दै चौधरीले भने ‘हाम्रा राजनीतिक एजेण्डाहरू व्यवस्थापन भएका छन् । अब प्रदेश सरकारहरूले प्रान्तिय संरचना वा कानूनी पक्षहरूका बारेमा अलमल नगरि विकासका एजेण्डालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।’

प्रदेश नम्बर २ आर्थिक एवं सामाजिक विकासका दृष्टिले पछाडि रहेको तथ्य प्रस्तुत गर्दै उनले देशकै सबैभन्दा विकसित प्रदेशमा रुपान्तरण गर्न सकिने पर्याप्त आधार रहेको उनको भनाई थियो । ‘नेपालको आर्थिक राजधानी वीरगञ्ज यहि छ । काठमाडौं–तराई फास्ट ट्रयाक, वीरगञ्ज–सिमरा औद्योगिक करिडोर र निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारहरू यहि छन्’, उनले भने ‘ ब्यापार÷बाणिज्य, औद्योगिक क्षेत्र, कृषी र पर्यटन मार्फत् नेपालकै सबैभन्दा सम्पन्न प्रदेश बनाउन सकिन्छ ।’

व्यवसायिक कृषी उत्पादन गरि निर्यात गर्ने प्रमुख क्षेत्र प्रदेश २ बनाउनु पर्ने उनले बताए । ‘अन्य प्रदेशमा नभएका विकास पूर्वाधार यहाँ छन् । ब्रोडगेज रेल्वे, वीरगञ्जको अत्याधुनिक आईसिपी, ड्राईपोर्ट जस्ता पूर्वाधार अन्य प्रदेशमा छैनन् ।’ उनले भने ‘यस प्रदेशले आफ्नो सामथ्र्य समयमै चिन्न सकेमा आर्थिक विकासमा अग्रणी बन्न सक्छ ।’

तपाईको प्रतिक्रिया