पैसा तिरेर पिँजराको वास - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

पैसा तिरेर पिँजराको वास

यस्तो पिँजराको कल्पना गर्नुहोस्, जसको लम्बाइ दुई मिटर र उचाइ एक मिटरभन्दा थोरै मात्र बढी छ । सोच्नुहोस्, यस पिँजरामा ती कोठा छन् ।

र, अब सोच्नुहोस् कि यो नै तपाईंको वासस्थान हो । हङकङमा सस्ता घरहरूको निकै ठूलो कमीका कारण यहाँ बस्ने कैयौँ मानिसका लागि यो एउटा यथार्थ बनिसकेको छ । यथार्थमा २०१७ मा यस्ता पिँजरारूपी घरमा बस्नेहरूको संख्या आफैँमा एउटा रेकर्ड थियो ।

तर, तपाईंलाई यस्ता पिँजरारूपी घरको कुनै पैसा तिर्नुपर्दैन भन्ने लाग्छ भने तपाईं गलत हुनुहुन्छ । यस्ता ‘नानो’ घरको भाडा वर्षमा पाँच सय अमेरिकी डलर अर्थात् भन्डै ५० हजार रुपैयाँआसपास छ ।

नयाँ उपाय खोज्ने कोसिस
‘नानो होग्रेस’ भनिने यी ससाना घर कैयौँ प्रकारका छन् । यीमध्ये कैयौँ त निकै बलिया र राम्रा पनि छन् । तर, यस्ता घरमा बस्नका लागि निकै कम ठाउँ हुन्छ । तीव्र गतिमा बढिरहेको जनसंख्याका लागि घरको व्यवस्थामाथि शोध गर्नेहरू गोलाकार पाइपको उपयोग यस्ता घर बनाउन गरिरहेका छन् । पाइपभित्र बनाइने यी ससाना घरलाई सस्ता र बलिया बनाउने कोसिस भइरहेका छन् ।

यस्ता घरलाई यहाँ ‘ओपाड’ भन्ने गरिन्छ । ओपाडको एक नमुना बनाउने जेम्स ल भन्छन्— हामी कम खर्च गरेर घरमा एक बाथरुम, किचन र फर्निचर लगाउन सक्छौँ । यद्यपि यस प्रकारका घरलाई महँगा भवन र मानिसहरूको आवासको दिक्दारीको स्थायी समाधान मान्न नसकिने बताइँदै छ । घरको समस्या केवल हङकङमा मात्र सीमित छैन । जापान, अस्ट्रेलिया, सिंगापुर, बेलायत र न्युजिल्यान्डमा पनि घरहरूको मूल्य निकै धेरै छ र अधिकांश मानिसको पहुँचभन्दा टाढा छ ।

आवासको समस्या केवल हङकङमा मात्र सीमित छैन । जापान, अस्ट्रेलिया, सिंगापुर, बेलायत र न्युजिल्यान्डमा पनि घरहरूको मूल्य निकै धेरै छ र अधिकांश मानिसको पहुँचभन्दा टाढा छ ।

कैयौँ मानिसका लागि विदेशी मानिसले उनीहरूको देशमा बढी सम्पत्ति जोड्नु पनि एक समस्या बनेको छ । जसका कारण घरहरूको मूल्य बढ्छ र सम्पत्तिको बजार बिग्रिन्छ । साथै, स्थानीय मानिसका लागि घर खरिद गर्नु सजिलो काम होइन । यस समस्यासित जुध्नका लागि न्युजिल्यान्ड एक विधेयकमाथि काम गरिरहेको छ । जसअन्तर्गत विदेशीलाई देशमा सम्पत्ति किन्ने विषयमा रोक लगाउन सकिन्छ । यहाँका प्रधानमन्त्री जकिँदा आर्डनका अनुसार यसै कारणले गर्दा देशका ती युवा, जो आफ्नो पहिलो घर किन्न चाहन्छन्, उनीहरूलाई समस्या भइरहेको छ । २५ वर्षअघि न्युजिल्यान्डको ७५ प्रतिशत जनतासित आफ्ना घर थिए । तर, वर्तमान स्थितिमा देशका मात्र ६४ प्रतिशत जनताका साथमा आफ्ना घर छन् ।

घरहरू मानिसको पहुँचबाट टाढा
लन्डन एउटा अर्को यस्तो सहर हो, जहाँ दशकभित्र सम्पत्तिको मूल्य दुई गुनासम्म बढेको छ । कैयाैँ स्थानमा मानिसहरूलाई आफ्नो ग्यारेजलाई घर बनाउनुपरिरहेको छ । र, केही मानिस सानातिना घरमा बस्छन् या अरूका साथ घर ‘सेयर’ गर्छन् । बेलायतमा सम्पत्तिको कारोबारमा लागेका हेनरी प्रायर भन्छन्– कैयौँ मानिसलाई लाग्छ कि यो सब विदेशी लगानीकर्ताका कारण भएको हो । तर, मेरो विचारमा यथार्थ यस्तो होइन । सम्पत्ति किन्ने विषयमा माग र आपूर्तिको सिद्धान्तले काम गर्दैन । जबकि यो ऋण लिने क्षमता र ऋण सुविधाको पहुँचमा निर्भर हुन्छ ।

अधिकांश सहरमा बस्नका लागि सस्ता घरको कमी छ । तर, हङकङको जस्तो स्थिति ती सहरमा छैन।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डट कम/हिन्दीबाट

तपाईको प्रतिक्रिया