विद्या भण्डारीले भाेलि शपथ ग्रहण गर्दै - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

विद्या भण्डारीले भाेलि शपथ ग्रहण गर्दै

दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपराह्न ४ बजे प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनियतको शपथ ग्रहण गर्ने भएकी छन् । उनले राष्ट्रपति कार्यालय सितलनिवासमा सपथ ग्रहण गर्ने छिन् ।

भण्डारीको पक्षमा संघीय सांसद (प्रतिनिधिसभा र राष्ट्रयसभा)बाट १९ हजार ३५५ मतमुल्य र प्रदेशबाट १९ हजार ९२० मतमूल्य गरी ३९ हजार २ सय ७५ मतमूल्य रहेको छ ।

त्यस्तै कांग्रेसकी कुमारी लक्ष्मी राईको पक्षमा संघीय सांसदबाट ६ हजार १६२ मतमूल्य र प्रदेश सभाबाट ५ हजार ५६८ मतमूल्य गरी ११ हजार ७ सय ३० मतमूल्य रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आज विहान १० बजेबाट सुरु भएको राष्ट्रपति निर्वाचनको मतदान अपराह्न ३ बजे सकिएको थियो भने अपराह्न ४ बजेबाट मत गणना सुरु भई अपराह्न ५ः १५ बजे सकिएको थियो ।

तपाईको प्रतिक्रिया